नारायणकाजी र जनार्दनको प्रस्ताव गुटबन्दी होइन : गिरिराजमणि पोखरेल
सारांश
- माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेताहरूको प्रस्तावलाई पार्टीलाई नयाँ दिशा दिने प्रयासको रूपमा व्याख्या गरे।
- उनले पार्टीभित्रको संकट समाधानका लागि सहकार्य र अभिभावकत्व आवश्यक रहेको बताए।
- पोखरेलले पार्टी नवपुँजीवादी दिशामा गएको र नयाँ पुस्ताको विद्रोहलाई सम्बोधन गर्न नसकेको बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले प्रस्तुत गरेका प्रस्तावलाई गुटबन्दीको हिस्सा नभई पार्टीलाई नयाँ दिशातर्फ लैजाने प्रयासका रूपमा व्याख्या गर्नुपर्ने बताएका छन्।
उनले पार्टीभित्र गम्भीर सङ्कट उत्पन्न भएको अवस्थामा यस्ता प्रस्तावलाई नेतृत्व कमजोर पार्ने कदम मात्रै भनिन् गलत हुने तर्क गरे। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्दै पोखरेलले ‘जेनजी विद्रोह’ का बेला माओवादीले निकास दिन नसकेको दाबी गरे।
‘आन्दोलनलाई सही दिशा दिन हामी सक्षम भएनौँ, केवल मुद्दामा समर्थन गर्ने मात्र भूमिकामा सीमित भयौँ,’ उनले आत्मालोचना गर्दै भने।
उनले पार्टी नवपुँजीवादी दिशामा गएको, नेताहरूको जीवनशैली बदलिएको र यही कारणले नयाँ पुस्ताको विद्रोहलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसकिएको बताए।
पोखरेलले बैठकमा आएका फरक प्रस्तावले अध्यक्ष प्रचण्डकै रक्षा गर्ने र पार्टीलाई पनि नयाँ दिशामा लैजान सक्ने बताए। उनले पार्टीभित्रको अवस्था भयावह बन्दै गएको चेतावनी दिँदै सहकार्य र अभिभावकत्वमा मात्र सङ्कट समाधान हुने धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण