शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माओवादी केन्द्रीय समिति भङ्ग, सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने

शुक्रबार, १० असोज २०८२, १७ : ४६
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन गर्ने निर्णय गर्यो।
  • बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • पार्टीको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएको छ।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समिति भङ्ग गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा सम्पन्न बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 

यस्तै वर्तमान पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने, पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘सम्पत्तिको छानबिन पहिला पदाधिकारीबाट सुरु गर्ने, कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने, महाधिवेशन मङ्सिरको अन्त्यमा गर्ने निर्णय भयो’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप