शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी

आइतबार, १२ असोज २०८२, ०७ : ५२
आइतबार, १२ असोज २०८२

सारांश

  • नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत लिने ग्राहकलाई २१ दिनभित्र बक्यौता तिर्न सूचना जारी गरेको छ।
  • प्राधिकरणले यसअघिका पुनरावलोकन सम्बन्धी सबै काम खारेज गरेको छ।
  • बक्यौता नतिरे विद्युत महसुल संकलन विनियमावली २०७८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तान गर्न सूचना जारी गरेको छ । 

आज एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ । 

'२१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ' सूचनामा भनिएको छ । 

तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ । 

553501936_781872351347090_4449979825182717001_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप