को थिए विजयको करूर र्यालीमा भएको भागदौडमा मृत्यु हुनेहरू ?
सारांश
- तमिलनाडुको करूरमा अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा बालबालिका र महिला समेत छन्, भने धेरै घाइते भएका छन्।
- घाइतेहरुको उपचार भइरहेको छ, र विजयले घटनाप्रति समवेदना व्यक्त गरेका छन्।
नयाँ दिल्ली । तमिलनाडुको करूरमा तमिल अभिनेता विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ । मृतकहरूमा १० बालबालिका र १६ महिला थिए । अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ ।
पोस्टमार्टमपछि परिवारलाई यी शव हस्तान्तरण गरिँदैछ । बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी छ । यस घटनामा विवाह भएको एक वर्ष मात्र भएको तिरुचिरापल्ली जिल्लाका थमराइक्कननको पनि मृत्यु भएको छ । उनकी श्रीमती नौ महिनाकी गर्भवती थिइन् । करूरको विश्वनाथपुरी क्षेत्रकी हेमलता र उनका दुई छोरीको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा २८ जना करुर जिल्लाका बासिन्दा थिए, जसमध्ये सोही गाउँका सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
करुर भागदौडमा ३९ जनाको मृत्यु भएको र ९५ जनालाई अस्पताल भर्ना गरिएको तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले बताए । ९५ जना घाइतेमध्ये ५१ जनालाई सरकारी मेडिकल कलेज र अस्पतालमा भर्ना गरिएको छ उनको भनाइ छ ।
एक जना बाहेक सबै घाइतेको अवस्था स्थिर छ । बाँकी ४४ जनालाई निजी अस्पतालमा भर्ना गरिएको कुमारले बताए । विशेषज्ञ डाक्टरहरूले घाइतेहरूको उपचार गरिरहेका उनको भनाइ छ । शनिबार साँझ करूरमा विजय आफ्नो तमिलगा भेट्टी कझगम (टिभीके) पार्टीको र्यालीलाई सम्बोधन गर्दै गर्दा दुर्घटना भएको थियो । र्यालीमा भागदौड पछि, विजयले इन्स्टाग्राममा पोस्ट गरेर आफ्नो समवेदना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण