मृतकको परिवारलाई २० लाख भारु सहयोग गर्ने विजयको घोषणा
सारांश
- अभिनेता विजयले र्यालीमा भागदौडमा मृत्यु भएका व्यक्तिका परिवारलाई २० लाख भारु दिने घोषणा गरे।
- घाइतेहरूलाई २ लाख भारु दिइने र ३९ जनाको मृत्यु भएको स्वास्थ्य सचिवले बताए।
- मृतकहरूमा १७ महिला, १३ पुरुष, ४ केटा र ५ केटी रहेको र पोस्टमार्टमपछि शव परिवारलाई बुझाइयो।
नयाँ दिल्ली । तमिल वेट्री कडगम (टीभीके)का अध्यक्ष एवम् अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका छन् ।
दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एकसमा उनले एउटा पोस्टमा लेखेका छन् । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको छ ।
‘यस्ता ठुलो हानी हेर्दा यो राशिको कुनै अर्थ छैन । तर पनि यो समय तपाईँको परिवारको सदस्यको नाताले मेरो कर्तव्य हो कि म तपाईँहरूको साथमा उभिरहुँ ।’ पोस्टमा विजयले लेखका छन् ।
भागदौडमा ३९ जनाको मृत्यु भएको तमिलनाडुका स्वास्थ्य सचिव पी सेन्थिल कुमारले बताए । मर्नेमा १७ जना महिला, १३ जना पुरुष, ४ जना केटा र ५ जना कटी भएको बताइएको छ । ३० जना मृतकको पोष्टमार्टम भइसकेको अनि उनीहरूको शव पनि परिवारलाई सुम्पिसकेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण