समाचार
आरजु राणाका भाइ भूषण सिआईबीको निगरानीमा
आइतबार, १२ असोज २०८२, २२ : २५
सारांश
- निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणालाई प्रहरीले निगरानीमा राखेको छ।
- सीआईबीले राणाको घरमा स्रोत नखुलेको रकम हुनसक्ने आशंकामा निगरानी बढाएको हो।
- ठुला ठेक्का र नियुक्तिमा डिल गर्ने गरेको आरोप लागेका राणाबारे सीआईबीले अनुसन्धान थालेको छ।
काठमाडौँ। निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निगरानीमा राखेको छ । उनको घर आसपासमा निगरानी गर्न प्रहरी परिचालन गरिएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनी कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन् । १ महिनादेखी युरोपमा रहेका राणाको घरमा स्रोत नखुलेको रकम हुनसक्ने आशंकामा सीआईबीले उनको निवासमा निगरानी बढाएको हो ।
ठुला ठेक्का र नियुक्तिमा भूषणले डिल गर्ने गरेको भनेर यसअघि आलोचना हुने गरेको थियो । भूषणबारे सीआईबीले अनुसन्धान सुरु गरेर प्रमाण सङ्कलन गर्न थालेको छ । सीआइबीका एकजना उच्च अधिकृत भन्छन्, ‘प्रमाण भेटिएमा उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था आउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण