अभिनेता विजयलाई पक्राउ गर्न माग
सारांश
- तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड हुँदा ४० जनाको मृत्यु भएको छ ।
- विद्यार्थी संगठनले विजयलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
- विजयले मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेका छन्।
नयाँ दिल्ली । तमिल फिल्म उद्योगका अभिनेताबाट राजनीतिज्ञ बनेका विजय सहभागी भएको करुरमा भएको र्यालीमा ४० जनाको मृत्यु भएपछि यतिखेर अभिनेतालाई पक्राउ गर्नु पर्ने माग उठिरहेको छ । तमिलनाडु विद्यार्थी सङ्गठनले तमिलगा भेत्री कझगम (टिभीके) प्रमुख विजयलाई निशाना बनाइरहेका छन् ।
सङ्गठनले विजयको निन्दा गर्दै पोस्टरहरू टाँसेका छन् । यी पोस्टरहरूमा विजयको हात रगतले लतपतिएको देखाइएको छ । भागदौडका क्रममा मान्छेको ज्यान गएपछि प्रहरीले पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । यसमध्ये एक जना टिभीकेका महासचिव एन आनन्द पनि थिए ।
आइतबार विजयले आफ्नो र्यालीका क्रममा भएको भागदौडमा मर्नेका परिवार र घाइतेलाई सहायता राशि दिने घोषणा गरेका थिए । दुर्घटनामा प्रियजनहरू गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु सहायता दिइने माइक्रोब्लगिङ वेबसाइट एक्समा उनले एउटा पोस्टमा बताएका थिए । उपचार गराइरहेका घाइतेहरूलाई पनि २ लाख भारु दिइने घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण