उच्चस्तरीय आयोग बनाएर श्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : भुसाल
सारांश
- घनश्याम भुसालले मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन ठोस कदम चाल्नुपर्ने बताए।
- उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याए।
- उनले भदौ २३ गतेको प्रदर्शनमा युवाहरूले उठाएको मुद्दा सान्दर्भिक रहेको र मुख्य नेताहरूलाई बिदा दिनुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकलाई असफलतातर्फ जानबाट जोगाउन तत्कालै ठोस कदम चाल्नुपर्ने बताएका छन्। उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सोमबार उनले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनमा युवाहरूले उठाएको मुद्दा सान्दर्भिक रहेको उल्लेख गर्दै उनले तत्कालै वर्तमान मुख्य नेताहरूलाई बिदा दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार, त्यस्तो कदमले दलभित्र र समाजमा नयाँ आशा र विश्वास जगाउँदै पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नेछ।
भुसालले भने, 'संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ। सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेर श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्ने संकल्प गर्नुपर्छ।'
उनले २०७२ को संविधानलाई दलहरू र नागरिकबिच भएको सम्झौता बताउँदै पनि त्यसलाई राजनीतिक दलका नेताहरूले उल्लङ्घन गरेको आरोप लगाए। भ्रष्टाचार र कुशासनलाई संरक्षण गर्ने प्रवृत्तिले आम नागरिकमा निराशा र आक्रोश बढाएको उनले बताए। भदौ २३ गते भएको प्रदर्शनमा भएको नरसंहार र त्यसपछिको अराजक गतिविधिले मुलुकलाई राजनीतिक शून्यतामा धकेलेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण