शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँमै राष्ट्रिय परिचयपत्र

मङ्गलबार, १४ असोज २०८२, १२ : १५
मङ्गलबार, १४ असोज २०८२

सिमकोट (हुम्ला) । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । 

यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपरेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ सङ्कलन कार्य तीव्र गरिएको छ । 

गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानका टोलटोलमा पुगी स्थानीयको राष्ट्रिय परिचयपत्रको डाटा सङ्कलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । 

प्रमुख जिल्ला अधिकारी रेग्मीसहितको सर्वपक्षीय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एवं गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचयपत्र बनाउन पालिकावासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँगाउँमा पुगी राष्ट्रिय परिचयपत्रको डाटा सङ्कलन गरिएको हो ।

एक महिनाको अवधिमा नाम्खामा एक हजार १५२, अदानचुलीमा ७१८, खार्पुनाथमा ८८५ र सिमकोटमा ५०८ गरी जम्मा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रको डाटा ‘अफलाइन’ माध्यमबाट सङ्कलन गरिएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि ‘अनलाइन’मार्फत सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप