जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, चालक फरार
सारांश
- कञ्चनपुरको बेदकोट नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ र आठ जना घाइते भएका छन्।
- दुर्घटनामा घाइते भएकाहरूमा कञ्चनपुर र डडेल्धुराका व्यक्तिहरू छन्, र उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
- दुर्घटनापछि जीप चालक फरार रहेका छन्, र जीपमा चालकसहित १० जना सवार थिए।
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट–४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उनकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन् ।
दुर्घटनापछि चालक फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण