विजयादशमीले प्रगति र समृद्धि ल्याओस्: पूर्वअध्यक्ष रेग्मी
सारांश
- पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देशमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरे।
- उनले दसैँलाई सामाजिक सद्भाव कायम राख्दै आआफ्नो गच्छेअनुसार मनाउन आग्रह गरे।
- रेग्मीले जेनजी प्रदर्शनमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुलुकलाई सही दिशामा लैजानुपर्ने बताए।
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् । विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गरेका छन् ।
विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दसैँ राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताएका छन् । “दसैँ एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो । वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो”, शुभकामना सन्देशमा भनिएको छ ।
हालै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षतिले सिङ्गो मुलुक स्तब्ध भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले नवीन आशा र विश्वासका साथ सहज वातावरण बनाएर मुलुकलाई सही गन्तव्यतर्फ लैजानु आजको आवश्यकता भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण