अपडेट
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
बुधबार, १५ असोज २०८२, १० : ३४
सारांश
- जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोखरा जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका २२ वर्षीय निसान वलीको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको छ, जसमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई आठबिसकोट पठाइएको छ।
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण