बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बीपी राजमार्गमा राति सवारी सञ्चालन निषेध

भारी वर्षाको जोखिमः बीपी राजमार्गमा ६ दिन राति सवारी आवागमन निषेध

बिहीबार, १६ असोज २०८२, १५ : २९
बिहीबार, १६ असोज २०८२

सारांश

  • काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
  • यो प्रतिबन्ध असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ, एम्बुलेन्स र अत्यावश्यक सेवाबाहेक।
  • भारी वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले जिल्लावासी र सम्बन्धित निकायलाई पूर्वतयारीका लागि अनुरोध गरेको छ।

काभ्रेपलाञ्चोक । भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । 

जिप्रका काभ्रेले बिहीबार बिहान (असोज १६ गते) जारी गरेको सूचनाअनुसार २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमनमा निषेध गरिएको छ ।

यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भञ्ज्याङ्ग–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागु हुनेछ । 

बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन भन्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सबै जिल्लावासी र सम्बन्धित निकायहरूलाई पूर्वतयारीमा जुट्न अनुरोध गरेका छन् ।

वर्षाका कारण उच्च सतर्कता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म यस जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रशासनले जारी गरेको सूचनामा उल्लेखित अवधिमा अत्यन्त जरूरी नभईकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ ।

यातायात व्यवस्थापनमा थप कडाइ गर्दै प्रशासनले रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।

जिप्रका काभ्रेले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

551984179_1445457156561896_5487885223213676508_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप