विश्व युथ चेस च्याम्पियनसिप खेल्न पुरुषोत्तम र अभीक अल्बानिया प्रस्थान
सारांश
- दुई नेपाली युवा चेस खेलाडी अल्बानियाको डुरेसमा हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनसिपमा भाग लिन गएका छन्।
- प्रतियोगितामा नेपालसहित ८० राष्ट्रका ७२० खेलाडीको सहभागिता रहनेछ।
- च्याम्पियनसिपमा पुरुषोत्तम सिलवाल र अभीक शाहले नेपालको प्रतिनिधित्व गर्नेछन्।
काठमाडौँ । नेपालका दुई उदीयमान युवा चेस खेलाडी सीएम पुरुषोत्तम सिलवाल र एआईएम अभीक शाह अल्बानियाको डुरेस प्रस्थान गरेका छन्। उनीहरूले अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने फिडे वर्ल्ड युथ चेस च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यो प्रतिष्ठित विश्व युवा चेस प्रतिस्पर्धामा नेपालसहित ८० राष्ट्रका कुल ७२० खेलाडीहरू सहभागी हुनेछन्। क्लासिकल स्पर्धाअन्तर्गत यू-१४, यू-१६ र यू-१८ वर्ष समूहमा ११ चरणको स्विस प्रणालीमा खेल सञ्चालन हुनेछ।
यू-१८ वर्षमुनिको समूहमा २१२९ रेटेड फिडे मास्टर पुरुषोत्तम सिलवाल २२९ औँ वरीयतामा रहेर प्रतिस्पर्धा गर्नेछन्। यस समूहमा पोल्यान्डका २५२४ रेटेड ग्रान्ड मास्टर क्लिमकोवस्कि पहिलो वरीयतामा छन्। यस्तै, यू-१६ वर्षमुनि उमेर समूहमा १९२८ रेटेड एआईएम अभीक शाह ४२५ औँ वरीयतामा रहेर प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन अल्बानिया प्रस्थानको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले उनीहरूलाई बिदाइ गरे। महर्जनले दुवै खेलाडीले आफ्नो लगनशीलता र क्षमताका माध्यमबाट विश्व चेस जगतमा नेपालको नाम गौरवान्वित बनाउने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण