रातको समयमा यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह
शुक्रबार, १७ असोज २०८२, २० : ००
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले १७ देखि २० गतेसम्म भारी वर्षा हुने जनाएको छ।
- प्रशासनले जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाबाट सतर्क रहन आग्रह गरेको छ।
- आवश्यक परेको खण्डमा उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर उपलब्ध गराइएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग र राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण