कुलमानको प्रस्टीकरण– उज्यालो नेपाल पार्टीसँग मेरो आबद्धता छैन
सारांश
- उर्जामन्त्री कुलमान घिसिङले आफूलाई जोडेर आएका समाचारको खण्डन गरेका छन्।
- उनले उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
- घिसिङले झुटा समाचार र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफूलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार आफ्नो फेसबुक पेज मार्फत उनले उक्त पार्टीसँग आफ्नो कुनै आबद्धता नरहेको पनि स्पष्ट परेका छन् ।
घिसिङले लेखेका छन्, ‘सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन ।’ उनले प्रचार गरिएजस्तो जुम बैठकमा आफ्नो सहभागितासमेत नरहने प्रस्ट पारेका छन् ।
‘मसँग कुनै छलफल सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु,' मन्त्री घिसिङले लेखेका छन् 'साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण