बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हाइवे अपडेट : नारायणघाट–मुग्लिन–पोखरातर्फ खुला, काठमाडौँतर्फ अवरोध

शनिबार, १८ असोज २०८२, ११ : २१
शनिबार, १८ असोज २०८२

सारांश

  • वर्षाको कारण नारायणघाट-मुग्लिन सडकखण्डमा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ।
  • मुग्लिन-धादिङतर्फको जबाङ खोलामा पहिरो गएकाले सडक अवरुद्ध भएको हो।
  • नारायणघाट-मुग्लिन-पोखरा सडकखण्डमा भने यातायात सुचारु रहेको छ।

चितवन । वर्षाका कारण नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौँतर्फ सवारी आवागमन अवरुद्ध भएको छ । यसैगरी पोखरातर्फ भने यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण काठमाडौँ जाने सडक अवरुद्ध भएको हो। पहिरो पन्छाउने कार्य जारी रहेको र मौसमको स्थिति सुधार भएलगत्तै सडक खुलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, नारायणघाट–मुग्लिन–पोखरातर्फको सडक भने अहिले खुला रहेको बताइएको छ। प्रहरी कार्यालयले मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा जतिबेला पनि पुनः अवरोध हुनसक्ने भन्दै सावधानी अपनाउन सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप