बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आइतबार, १९ असोज २०८२, ०६ : ४५
आइतबार, १९ असोज २०८२

सारांश

  • आजको राशिफल अनुसार, विभिन्न राशिका व्यक्तिहरुका लागि दिन कस्तो रहनेछ भन्ने जानकारी दिइएको छ।
  • मेष राशिका व्यक्तिले माया गर्ने मान्छेलाई वरिपरि पाउँदा खुसी हुनेछन् भने वृष राशिका लागि विवादित विषय हल हुनेछन्।
  • कर्कट राशिका व्यक्तिले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ भने कुम्भ राशिका लागि माया प्रेममा खुसी मिल्नेछ।

वि.सं.२०८२ साल आश्विन १९ गते । आइतबार । इस्वी सन् २०२५ अक्टोबर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त चतुर्दशी ।

नक्षत्र– शतभिषा, बिहान ६ बजेर ५० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–गण्ड, बेलुकी ४ बजेर ५० मिनेट उप्रान्त वृद्धि । करण–तैतिल, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त गर, रातको १२ बजेर ४३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २९ घडी २३ पला ।  

आजको बार बेला 
बिहान ५ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ०० मिनेटदेखि बिहान ७ बजेर २५ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर २६ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५४ मिनेटदेखि दिउसो १ बजेर २३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २४ मिनेटदेखि दिउसो २ बजेर ५२ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ५३ मिनेटदेखि बेलुकी ४ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १७ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर २२ मिनेटदेखि बेलुकी ७ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर २३ मिनेटदेखि बिहान ५ बजेर ११ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लामो दुरीको यात्रा भरसक नगर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ  ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थ काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामूखी व्यापार भन्दा सेवामूखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खाद्यान्न तथा निर्माण सामाग्रीको लगानीबाट धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा भरसक नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । यात्रा लामो दुरीको यात्रा भरसक स्थगीत गर्नुहोला । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । तर पनि यात्राको लागी समय मध्यम रहेको छ । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ  । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केहि भए स्वतः ठिक हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको भने सन्तानको प्रगति देखेर मन रमाउनेछ । यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । यात्राको लागी समय मध्यम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । दैनिक उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो दुरीको यात्राको लागी समय मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला । मौसमको पूर्वानुमान नगरी यात्रा नगर्नुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप