आज र भोलि सार्वजनिक बिदा
आइतबार, १९ असोज २०८२, १३ : ००
सारांश
- सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिएको छ।
- गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा जनधनको क्षति हुन सक्ने जोखिम उल्लेख गरेको छ।
- दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला थप दुई दिन बिदा थपिएको हो।
काठमाडौँ । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।
सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ। दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण