धरान–धनकुटा सडक दुईतर्फी सञ्चालनमा
आइतबार, १९ असोज २०८२, १२ : २०
सारांश
- अविरल वर्षाले गर्दा धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरो खसेको थियो।
- सशस्त्र प्रहरी बलले कोशी लोकमार्गस्थित मुलघाट उखुडाँडाको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
- डीएसपी शैलेन्द्र थापाका अनुसार, सडक डिभिजन कार्यालयको जेसीबी प्रयोग गरिएको थियो।
धनकुटा । पहिरोका कारण अवरुद्ध धरान–धनकुटा सडक दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरो खसेको थियो ।
कोशी लोकमार्गस्थित मुलघाट उखुडाँडाको पहिरो हटाएर सडक सुचारु गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
पहिरो पन्छाउने टिमको नेतृत्व सशस्त्र प्रहरी बलका डीएसपी प्रेमप्रसाद सिग्देलले गरेका थिए । सडक डिभिजन कार्यालयको जेसीबी प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको डीएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण