महाकाली नगरपालिकामा जीप दुर्घटना, एक जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, १९ : १२
धनगढी । दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतका अनुसार आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जीप दुर्घटना भएको हो ।
जीपमा जम्मा १४ जना सवार रहेकोमा दुर्घटनामा परी सोही ठाउँका स्थानीय नरेशबहादुर पालको मृत्यु भएको हो ।
दुर्घटनास्थलबाटै बेहोस अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो । उकालोमा गाडीले तान्न नसकेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकको टाउकोमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण