भेनेजुएली जहाजमाथि फेरि अमेरिकी आक्रमण
सारांश
- अमेरिकी सेनाले भेनेजुएलाको तटमा अर्को भेनेजुएली जहाजलाई निशाना बनायो, जसले दुई देशबीचको तनाव बढाएको छ।
- यो एक महिनामा भेनेजुएली डुङ्गामाथि भएको पाँचौँ अमेरिकी आक्रमण हो, जसमा अमेरिकाले लागूपदार्थ तस्करीमा संलग्न भएको आरोप लगाएको छ।
- राष्ट्रपति ट्रम्पले नौसेनाको लागूपदार्थ तस्कर र आतङ्ककारी विरुद्धको अभियानबारे कुरा गर्दै शुक्रबारको आक्रमणमा चार जनाको मृत्यु भएको बताए।
वासिङ्टन डीसी । अमेरिकी सेनाले भेनेजुएलाको तटमा अर्को भेनेजुएली जहाजलाई निशाना बनाएको छ । अमेरिका र भेनेजुएलाको बीचमा पहिले नै तनाव थियो ।
पछिल्लो आक्रमणले स्थितिलाई अझ चर्काएको छ । एक महिनामा भेनेजुएलाको डुङ्गामाथि भएको यो पाँचौँ अमेरिकी आक्रमण हो । निशाना बनाइएका डुङ्गाहरू लागूपदार्थको तस्करीमा संलग्न रहेको दाबी अमेरिकाले गरेको छ । अमेरिकाले शुक्रबार पनि भेनेजुएलाको डुङ्गालाई निशाना बनाएको थियो ।
शनिबार अर्को भेनेजुएली जहाजलाई निशाना बनाइएको आइतबार नोफ्र्लोक नौसेना स्टेसनमा मिडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने ।
‘हालैका हप्ताहरूमा नौसेनाले लागूपदार्थ तस्करहरू र आतङ्ककारीहरू विरुद्धको हाम्रो अभियानमा सहयोग गरेको छ, र हिजो राति एउटा जहाजलाई निशाना बनाइएको थियो । त्यसपछि, हामीले समुद्रमा उनीहरूको कुनै पनि जहाज देखेका छैनौँ,’ ट्रम्पले भने ।
अमेरिकाले शुक्रबार भेनेजुएली जहाजमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको थियो । अमेरिकाले शनिबार नयाँ आक्रमण गरेको हो कि ट्रम्पले शुक्रबारको आक्रमणलाई सङ्केत गर्दै गल्तीले ‘शनिबार’ भनेका थिए भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण