जेनजी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड क्षतिपूर्ति भुक्तानी
काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।
कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल रू. २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी दाबीको भुक्तानी प्रक्रिया पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सका दाबी विभाग प्रमुख रोज राज लुइटेलका अनुसार कम्पनीले नियामकीय प्रावधानभित्र रही सरल र सहज बीमा दावी भुक्तानीमा प्राथमिकता दिइरहेको छ । “बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत र संरक्षण प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने ।
कम्पनीले भुक्तानी कार्य असोज २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सुरु हुने जनाएको छ । विषम परिस्थितिमा बीमित ग्राहकको सुविधा र राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ ।
यस्तै, बाँकी बीमितले क्षतिपूर्तिको दावी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरी नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण