अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा
सोमबार, २० असोज २०८२, १३ : ४७
सारांश
- भोजपुर-लेगुवा सडक खण्डमा पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
- यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
- देउराली-चखेवा सडक खण्डको शिरदलीमा पहिरो हटाउने काम भइरहेको छ।
भोजपुर । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।
बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण