ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
सारांश
- जेनजी आन्दोलनबाट सत्ता गुमाएका केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान सुरु भएको छ।
- ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’ को रूपमा चित्रित गर्दै पक्राउको माग गरिएको छ।
- सुदन गुरुङले पनि सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन्।
काठमाडौँ । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो ।
सार्वजनिक एक पोस्टरमा ओली र तत्कालीन गृहमन्त्री लेखकको फोटो राखिएको छ । जसमा उनीहरुलाई ‘हत्यारा’को रूपमा चित्रित गर्दै ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भनिएको छ ।
यसैगरी हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले समेत सामाजिक सञ्जालमा उक्त पोस्टर पोस्ट गर्दै ओली र लेखकलाई पक्राउ गर्न माग गरेका छन् ।
उनीहरूलाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन उनले आह्वान गरेका छन् । जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको दाबी गर्दै यसअघि नै ओलीलगायतलाई राजधानीबाहिर जान समेत रोक लगाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण