धनुषाको मंगराहा डुबानमा, धानबाली नष्ट, राहत र निकासको माग
सारांश
- अविरल वर्षाले धनुषाको कमला नगरपालिका-१ मंगराहा गाउँ पूर्ण रूपमा डुबानमा परेको छ।
- खेतमा पानी जम्दा स्थानीय किसानहरूको धानबाली डुबेर क्षति पुगेको छ।
- पानी निकासको उचित व्यवस्था नहुँदा किसानहरूले समस्या समाधानको माग गरेका छन्।
जनकपुरधाम । अविरल वर्षाका कारण धनुषाको कमला नगरपालिका–१ मंगराहा गाउँ पूर्ण रूपमा डुबानमा परेको छ। खेतबारीमा पानी जम्दा स्थानीय बासिन्दा र किसानहरू गम्भीर समस्यामा परेका छन्।
स्थानीयवासीका अनुसार मंगराहा क्षेत्र वर्षेनी सयौं बिघा खेत डुबानमा पर्छ, तर असोज १७ गतेदेखि परेको निरन्तर वर्षाले यस वर्ष स्थिति अझै भयावह बनेको छ। खेतमा लगाइएको धानबाली पानीमा डुबेर सड्न थालेको छ, जसले किसानको लगानी र मेहनत दुवै जोखिममा पारेको छ।
पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती र खेती दुबै प्रभावित भएका छन्। किसानहरूले पटक–पटक स्थानीय निकाय र जनप्रतिनिधिलाई समस्या समाधानका लागि अनुरोध गरे पनि अहिलेसम्म ठोस पहल भएको छैन।
किसान रामबाबु मुखियाले भने, 'कहिल्यै नेताहरू यहाँका किसानको पीडा बुझ्न आएका छैनन्, सबैले आश्वासन मात्र दिएका छन्। अब हाम्रो धानबाली सकिने अवस्थामा छ।' हाल किसानहरू आफैं खेतमा जमेको पानी घटाउने प्रयासमा जुटिरहेका छन्, तर निरन्तर वर्षा र निकास अभावका कारण समस्या अझै समाधान हुन सकेको छैन।
स्थानीयहरूले तात्कालिक राहत, निकास प्रणाली निर्माण र दीर्घकालीन बाढी नियन्त्रण योजना लागू गर्न नगरपालिका र प्रदेश सरकारसँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण