दसैँको अवधिमा लुम्बिनी प्रदेशमा ५३६ सवारी दुर्घटना : २२ जनाको मृत्यु, १४८ जना गम्भीर घाइते
सारांश
- लुम्बिनी प्रदेशमा दसैँ अवधिभर ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना सामान्य घाइते भएका छन्।
- रुपन्देहीमा सबैभन्दा धेरै १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बुटवल । लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।
ती दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना साधारण घाइते भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालले रातोपाटीलाई बताए । उनले पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा धेरै सवारी दुर्घटना भएको बताए ।
मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन् । गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन् । साधारण घाइतेतर्फ पनि पुरुषको संख्या धेरै छ । प्रहरीका अनुसार साधारण घाइतेतर्फ ३७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन् ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दसैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देही जिल्लामा भएको छ । डीएसपी बस्यालका अनुसार रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु हुनका साथै २० जना गम्भीर घाइते र ११९ जना साधारण घाइते भएका छन् ।
यस्तै नवलपरासी जिल्लामा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना साधारण घाइते भएका छन् । कपिलवस्तु जिल्लामा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनका साथै २६ जना गम्भीर घाइते र ६३ जना साधारण घाइते भएका छन् ।
पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना साधारण घाइते भएका छन् । यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना साधारण घाइते भएका छन् ।
दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र साधारण घाइते ३७ जना भएका छन् ।
यस्तै बाँके जिल्लामा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, साधारण घाइते १४० जना भएका छन् ।
बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । यहाँ ५३ जना सामान्य घाइते भएका छन् ।
प्युठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना साधारण घाइते भएका छन् । रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना साधारण घाइते भएका छन् ।
पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना साधारण घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण