नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण, दक्षिण एशियाकै सबैभन्दा कम
मङ्गलबार, २१ असोज २०८२, १४ : २३
सारांश
- विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।
- सन् २०२७ मा नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत रहने अनुमान गरिएको छ।
- परिमार्जित आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुककै सबैभन्दा कम हो।
काठमाडौं । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो । सन् २०२७ का लागि भने यस्तो प्रक्षेपण ४.७ प्रतिशत रहने अनुमान गरिएको छ ।
यो वर्षको लागि विश्व बैंकले गरेको प्रक्षेपण यसअअघि गरिएको भन्दा ०.८ प्रतिशत विन्दुले कम हो । यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको वृद्धि २.९ प्रतिशत रहने उल्लेख गरेको थियो ।
परिमार्जित आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुककै सबैभन्दा कम हो । यो वर्ष भारतमा ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत श्रील्रकाको ३.५ प्रतिशत तथा माल्दिभ्सको ३.९ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण