प्रधानमन्त्री कार्कीले दिइन् पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद
मङ्गलबार, २१ असोज २०८२, १४ : ३९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाकिस्तान सरकार र त्यहाँको जनताको सहयोग आवश्यक रहेको बताएकी छन् ।
पाकिस्तानका समकक्षी शेहवाज सरिफले नेपालमा आएको बाढी र त्यसबाट भएको क्षतिप्रति दुःख र संवेदना प्रकट गरेपछि प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै उक्त कुरा बताएकी हुन् ।
कार्कीले बाढी र पहिरोको यो कठिन समयमा पाकिस्तान सरकार र त्यहाँको जनताबाट प्राप्त सहयोग सद्भावप्रति पनि धन्यवाद व्यक्त गरिन् ।
सरिफले हिजो आफ्नो आधिकरिक एक्सबाट नेपालमा बाढी र पहिरोबाट भएको मृत्यु र व्यापक क्षतिप्रति दुःख व्यक्त गरेका थिए । यो कठिन क्षणहरूमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र जनताको साथमा रहेको उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण