बेलायत–नेपालबिच सीधा हवाई उडानका लागि बेलायती सांसद र नेपाली समुदायको पहल
सारांश
- बेलायतका सांसदले लण्डन र काठमाडौंबिच सीधा हवाई उडानको लागि पहल गर्न माग गरेका छन्।
- नेपाली समुदायलाई लामो र महँगो यात्राको समस्या समाधान गर्न यो पहल सुरु भएको हो।
- यो पहलले बेलायत र नेपालबीचको सम्बन्ध, पर्यटन, व्यापार र पारिवारिक सम्बन्धलाई बलियो बनाउनेछ।
लण्डन । बेलायतका सांसदले लण्डन र काठमाडौंबिच नियमित सीधा हवाई उडान सुरु गर्न ब्रिटिश सरकारले पहल गर्नुपर्ने माग गरेका छन्। बेलायतका पूर्वमन्त्री तथा चौथो कार्यकालका सांसद ग्यारेथ थोमसले औपचारिक रूपमा एक पिटिशन दर्ता गर्दै अभियानको सुरुवात गरेका छन्।
हाल लण्डन र काठमाडौंबीच कुनै पनि नियमित व्यावसायिक सीधा उडान नभएका कारण नेपालीमूलका परिवार, विद्यार्थी, राहतकर्मी र व्यापारीहरूले अनेकौं ट्रान्जिट पार गर्दै लामो र महँगो यात्रा गर्नुपर्ने बाध्यता रहेको पिटिशनमा उल्लेख छ। यसले खासगरी वृद्ध, अशक्त तथा साना बालबालिकासहितका यात्रुहरूलाई ठूलो कठिनाइ हुने जनाइएको छ।
पिटिशनमा उल्लेख गरिएको छ, ‘बेलायतस्थित नेपाली समुदाय बेलायतका सबैभन्दा तीव्र गतिमा बढिरहेका प्रवासी समुदायमध्ये एक हो। बेलायत र नेपालबीचको सम्बन्ध ऐतिहासिक, गहिरो र दिर्घकालीन रहँदै आएको छ, जुन नेपाली गोर्खाहरूको ब्रिटिश सेनामा रहेको ऐतिहासिक योगदानले अझ मजबुत बनेको छ।’
पिटिशनमा भनिएको छ, ‘हामी यूके सरकार, यातायात विभाग र सिभिल एभिएसन अथोरिटी (सीएए) सँग आग्रह गर्दछौं कि लण्डनका प्रमुख विमानस्थलहरू हिथ्रो, ग्याटविक र स्ट्यानस्टेड तथा ब्रिटिश एयरलाइन्सहरूसँग सहकार्य गरी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सीधा उडान सञ्चालनको सम्भाव्यता अध्ययन गरियोस्।”
पिटिशनमा नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूले पनि हस्ताक्षर गरेर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। सांसद थोमसले भनेका छन्, ‘यो पहल बेलायत र नेपालको ऐतिहासिक सम्बन्ध अझ गहिरो बनाउने र दुई देशबीचको पर्यटन, व्यापार तथा पारिवारिक सम्बन्धलाई बलियो बनाउने दिशामा एउटा महत्वपूर्ण कदम हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण