आसन्न निर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगबिच छलफल
सारांश
- निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारीबारे छलफल गरे।
- छलफलमा निर्वाचन कार्यतालिका कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगबारे कुराकानी भयो।
- प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूले छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा केन्द्रित रहेर छलफल भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
प्रवक्ता भट्टराईका अनुसार आयोगले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि जनाएको छ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीले निर्वाचनका विषयमा दलहरूसँग पनि छलफल गर्ने तयारी भएको बताएका छन्।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन भई प्रतिनिधिसभा विघटन भएको थियो र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण