बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तलब माग गर्दै करार र ज्यालादारी कर्मचारीले दिए आन्दोलनको चेतावनी

मङ्गलबार, २१ असोज २०८२, १८ : ५८
मङ्गलबार, २१ असोज २०८२

रौतहट । कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले शुक्रबार योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता तलब तथा सेवा–सुविधा तुरुन्त भुक्तानी गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

पटक–पटक माग गर्दा पनि मेयर अजय प्रकाश जैसवालले आश्वासन मात्रै दिएको तर समस्या समाधान नभएको उनीहरूले गुनासो गरेका छन् । अनि अब बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको उनीहरूले बताएका छन् ।

शान्तिपूर्ण धर्ना दिने, वडा र नगरपालिका कार्यालय बन्द गर्ने आन्दोलनको कार्यक्रम रहेको उनीहरूले चेतावनी दिएका छन् । नगरपालिकाका योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली बिदामा रहेका र उनी कार्यालयमा हाजिर भएपछि मात्र केही गर्न सकिने बताएका छन् । 

तीन दर्जनभन्दा बढी करार तथा ज्यालादारी कर्मचारीहरुको समूहले ज्ञापनपत्र बुझाएका हुन् । समस्या चाँडो समाधान नभए कर्मचारीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप