मध्य प्रदेशमा कफ सिरप सेवनका कारण मर्ने बालबालिकाको सङ्ख्या १६ पुग्यो
मङ्गलबार, २१ असोज २०८२, २० : ४७
सारांश
- मध्य प्रदेशमा कोल्ड्रिफ कफ सिरप सेवनका कारण १६ जना बालबालिकाको मृत्यु भएको छ।
- नागपुरको अस्पतालमा उपचाररत ५ बालबालिकाको अवस्था गम्भीर रहेको छ।
- तमिलनाडु सरकारलाई औषधि निर्माता विरुद्ध अनुसन्धानका लागि मध्य प्रदेश सरकारले पत्राचार गरेको थियो।
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको छिन्दवाडामा श्रीसन फार्मास्युटिकल्सको कोल्ड्रिफ कफ सिरपको सेवनका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या १६ पुगेको छ।
छिन्दवाडाका अतिरिक्त कलेक्टर धीरेन्द्र सिंहले समाचार एजेन्सी एएनआईलाई बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
'आज, एक २ वर्षीया बालिकाको मृत्यु भएको छ, जसबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ', उनले भने । अरू पाँच बालबालिका अझै पनि नागपुरको सरकारी अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था गम्भीर रहेको पनि उनले बताए ।
अक्टोबर १ मा मध्य प्रदेश सरकारले तमिलनाडु सरकारलाई औषधि निर्माता विरुद्ध अनुसन्धानको लागि अनुरोध गर्दै पत्र लेखेको थियो ।
यस मामिलामा अनुसन्धान पछि तमिलनाडु औषधि नियन्त्रण विभागले श्रीसन फार्मास्युटिकल्सले निर्मित कोल्ड्रिफ कफ सिरप मिश्रित भएको पुष्टि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण