बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

बुधबार, २२ असोज २०८२, १० : ३४
बुधबार, २२ असोज २०८२

सारांश

  • डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।
  • शिखर नगरपालिकाकी २२ वर्षीया मंगला पार्कीलाई अरिङ्गालले टोकेको थियो, रगत र मिर्गौलाको समस्याका कारण उनको निधन भयो ।
  • उपचारका लागि अस्पताल लगिए पनि स्वास्थ्य अवस्था जटिल बनेपछि उनको सेती प्रादेशिक अस्पतालमा निधन भयो ।

धनगढी । डोटी जिल्लामा अरिङ्गालको टोकाइबाट एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो ।

गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो । सुस्तमनस्थिति भएकी उनको स्वास्थ्य अवस्थाबारे ढिलो गरी जानकारी भएको बताइएको छ । घटनाको करिब दुई हप्तापछि, असोज १८ गते, उनकी आमा मुनुली विकले छोरीलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकलमा पुर्‍याइन्।

मेडिकलमा रगत अभाव देखिएपछि सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। सुजित मण्डलका अनुसार, पार्कीको शरीरमा रगतको कमी हुनुका साथै मिर्गौलामा पनि समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।

उपचारकै क्रममा बुधबार बिहान ४ बजेर ५० मिनेटमा पार्कीको निधन भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ । मृतक पार्कीका श्रीमान् र दुई वर्षका एक छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप