नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँ : लोहनी
सारांश
- डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउनुपर्ने बताए।
- उनले राजनीतिक अस्थिरता र जनताको असन्तुष्टिबारे टिप्पणी गर्दै, देशलाई विदेशी शक्तिहरूको खेल मैदान बन्न नदिन जोड दिए।
- लोहनीले सबै शक्तिहरू मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने र पार्टी भन्दा देशलाई प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले जेनजीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताए ।
अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताए । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको बताए ।
उनले भने– ‘अब विकासको सुरुवात भयो, राजनीतिक अस्थिरताको अन्त्य भयो भनेर भन्नेहरु अहिले कहाँ छन् । यो स्थिति त आयो देशमा । ०८४ को मिसन मात्रै होइन, जनता त २०८२ लाई पनि कुर्न तयार भएनन् । तिमीहरुले जे भनेका थियौ, त्यसको बेइमानी गर्यौ । जनताले तिमीहरुलाई जुन राजनीतिक पुँजी, वैधता दिएका थिए त्यो शक्तिको सदुपयोग हुन सकेन । दुरुपयोग भयो ।’
उनले थप भने- ‘तिमीहरुलाई नियन्त्रण गर्ने कुनै निकाय भएन, अब तिमीहरुले गरेको अत्याचार सहन तयार छैनौँ भनेर जेन जीको आन्दोलन आयो । जेनजीको आन्दोलन नआएको भए अरु कसैको आन्दोलन आउँथ्यो । यसबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा लैजाने कि नेपाललाई विदेशीको क्रिडास्थल बनाउने ? यस्तो समस्या देशमा आएपछि विदेशीहरुले आफ्नो चलखेल सुरु गर्दछन् । म यो पार्टी, उ पार्टीको भन्ने बेला छैन अहिले । न त तैँले मेरो लागि के गरिस् र कति दुःख दिस् भन्ने बेला छैन । विपीले भन्नुभएको जस्तै सहमति र समझदारीमा देशलाई लैजानुपर्छ । नेपालमा भएका सबै शक्तिहरुले हामीलाई जोड्ने केले हो भन्नेकुरा खोज्नुपर्छ ।’
नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताए । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण