संयमतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई राजनीतिक परिस्थितिमा संयमता अपनाउन निर्देशन दिएको छ।
- आयोगले प्रदर्शन र गतिविधिबाट शान्तिसुरक्षामा पर्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गरेको छ।
- आयोगले सामाजिक सद्भाव कायम गर्दै विधिको शासन र स्वच्छ राजनीतिक प्रतिस्पर्धाको आह्वान गरेको छ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
आयोगले जेनजी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिहरूबाट शान्ति–सुरक्षामा पार्न सक्ने सम्भावित प्रभावप्रति चिन्ता व्यक्त गरेको छ । आयोगले विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचारले मानव अधिकारको उपभोगमा अवरोध आउन सक्ने अवस्था देखिएकाले त्यसलाई गम्भीरतापूर्वक लिएको पनि बुधबार विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगका अनुसार हिंसात्मक गतिविधि, अरू व्यक्तिलाई लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण नै धुमिल हुने जोखिम रहेको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन कायम गर्नुपर्ने र सामाजिक सद्भाव बचाइ जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको निकास खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।'
साथै आयोगले विभिन्न समूह र राजनीतिक दलहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरू प्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण