कर्णाली सरकारले यो वर्ष १४१ झोलुङ्गे पुल निर्माण गर्दै, दुर्गम बस्तीमा आधा घण्टामै सेवाको पहुँच पुग्ने
सारांश
- कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १४१ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखेको छ।
- यी पुलहरूको निर्माणले दुर्गम क्षेत्रका जनताको जनजीवन सहज बनाउने अपेक्षा गरिएको छ र स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सुधार ल्याउनेछ।
- सरकारले तुइन विस्थापित गर्न र पुराना झोलुङ्गे पुलको मर्मत सम्भारका लागि बजेट छुट्याएको छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा १४१ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार, ती झोलुङ्गे पुल निर्माण पश्चात् प्रदेशका विकट र दुर्गम क्षेत्रका जनताको जनजीवन सहज बनाउने अपेक्षा गरिएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार, रुकुम पश्चिममा १०, सल्यानमा ७, डोल्पामा १९, जुम्लामा १२, मुगुमा २०, हुम्लामा १८, कालिकोटमा १३, जाजरकोटमा ७, दैलेखमा २१ र सुर्खेत १४ वटा झोलुङ्गे पुल निर्माण गरिने मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार, कर्णाली सरकारले दुर्गम क्षेत्रका जनतालाई आधा घण्टाको पैदल दुरीभित्रै सेवाको पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
विकट र दुर्गम स्थानका जनताको सेवा प्राप्तिको पहुँचलाई सरलीकृत गर्न केन्द्र र स्थानीय तहसँग सहकार्य गरी निर्माण गरिने सरकारले जनाएको छ । सरकारले झोलुङ्गे पुलको योजना अगाडी बढाएर तुइन विस्थापित गर्ने योजना अघि सारेको छ । तुइन विस्थापित गर्नका लागि मात्रै थप ७५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न र पुराना झोलुङ्गे पुलको मर्मत सम्भारका लागि ३७ करोड ८५ लाख रकम छुट्याइएको छ ।
कर्णालीको भौगोलिक विकटताका कारण झोलुङ्गे पुलहरू ग्रामीण बस्तीहरूको जीवनरेखा मानिन्छन् । यी पुलहरूको निर्माणले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सुधार ल्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
यसबाहेक, ४४३ वटा सडक र ९५ वटा सडक मोटरेबल पुल निर्माणको योजना पनि सरकारसँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण