शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ

बुधबार, २२ असोज २०८२, १२ : १३
बुधबार, २२ असोज २०८२

सारांश

  • एमाले युवा संघका उपाध्यक्षले काठमाडौं मेयर बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने बताए।
  • उनले बालेन शाह र उनको बाबुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाए।
  • वर्तमान सरकार निष्पक्ष चुनाव गराउन नसके प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुनाव लड्ने चेतावनी दिए।

काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् ।

बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले बालेनका गतिविधि र उनको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताए ।

‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ?आम्दानी कति छ ? त्यो सोच्छौ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौ ।’

उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेतिर नलागेको भन्दै यदि सरकारले निष्पक्ष चुनाव गराउने हो भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन् आफू त्यहीबाट निर्वाचन लड्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप