इलामसहित विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला
सारांश
- इलाम, मोरङ, धादिङ, धनुषा र सुनसरीमा गरी पाँच जना मृत फेला परेका छन्।
- इलाममा एक युवक खोलामा मृत फेला परे भने मोरङमा एकजना खेतमा मृत भेटिए।
- प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ र मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।
काठमाडौँ । इलामसहित मोरङ, धादिङ, धनुषा र सुनसरीका विभिन्न स्थानमा गरी पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
इलामको सन्दकपुर गाउँपालिका-५, मझुवा बस्ने २८ वर्षीय प्रवेश गुरूङ सोही नगरपालिका-५, सेलेलेस्थित इङ्ला खोलामा मंगलबार मृत फेला परेका हुन्।
यता मोरङको पथरी शनिश्चरे नगरपालिका-५, हसन्दह बस्ने ६५ वर्षीय बिष्णु चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा मंगलबार मृत भेटिएका छन्। धादिङको धुनीवेशी नगरपालिका-९, मरणघाटस्थित धान खेतमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा भेटिएका छन्।
यसैगरी धनुषाको विदेह नगरपालिका-९ स्थित नदीमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष पनि मंगलबार मृत अवस्थामा फेला परेका छन्। साथै, सुनसरीsJ बराहक्षेत्र नगरपालिका-११, मधुवन बजारमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष सोमबार मृत फेला परेका छन्।
प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण