म्यानमारमा बौद्ध उत्सवमा बम हमला, २४ जनाको मृत्यु
सारांश
- म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा भएको बम हमलामा २४ जनाको मृत्यु भएको छ।
- सेनाले बौद्ध उत्सवमा प्याराग्लाइडरबाट मानिसहरूमाथि दुई वटा बम खसालेको थियो।
- म्यानमारको सैन्य सरकारको विरोधमा प्रदर्शन भएपछि सेनाले उत्सवमा आक्रमण गरेको बताइएको छ।
यङ्गुन । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् ।
बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट मानिसहरूको समूहमाथि सेनाले दुई वटा बम खसालेको थियो । म्यानमारको सैन्य सरकारको विरोधमा प्रदर्शन भएपछि सेनाले सोमबार साँझ सो उत्सवमा आक्रमण गरेको बताइएको छ ।
मोटराइज्ड प्याराग्लाइडरले भीडमाथि दुईवटा बम खसालिएको निर्वासनमा रहेको सरकारका प्रवक्ताले बीबीसी बर्मालाई बताएको छ । राष्ट्रिय बिदा मनाउन मध्य म्यानमारको चाउङ यू टाउनशिपमा लगभग १०० जना भेला भएका थिए । सेनाले २०२१ मा सत्ता कब्जा गरेदेखि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । जसले गर्दा सशस्त्र प्रतिरोध समूह र जातीय मिलिशियासँग गृहयुद्ध सुरु भएको छ।
देशको आधाभन्दा बढी भागको नियन्त्रण गुमाएपछि सेनाले अब हवाई आक्रमण र भारी बमबारीका विशेष रक्तपातपूर्ण अभियानमार्फत नियन्त्रण हासिल गरिरहेको छ । सोमबार आक्रमण भएको टाउनशिप सागाइङ क्षेत्रमा छ । यो ठाउँ प्रमुख युद्धभूमि हो । यसको ठुलो भाग सैन्य सरकार वा जुन्टासँग लड्न कू पछि स्थापित स्वयंसेवक मिलिशियाहरूको नियन्त्रणमा छ ।
जन रक्षा बल भनेर चिनिने यी समूहहरूले स्थानीय प्रशासन पनि चलाउँछन् । सोमबार भएको भेलाको समयमासम्भावित हवाई आक्रमणको बारेमा जानकारी पाएको बताइएको छ । यो जानकारीपछि उनीहरूले विरोध प्रदर्शनलाई छिटो अन्त्य गर्ने प्रयास गरेका थिए । तर प्यारामोटर्स अपेक्षा गरिएको भन्दा पहिले नै घटनास्थलमा पुगे र आक्रमण गरे । यो सबै सात मिनेटमा भएको स्थानीय एक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण