जासुसी र देशद्रोहको आरोपमा बुर्किना फासोमा आईएनजीओ कर्मचारी पक्राउ
सारांश
- बुर्किना फासोको सैन्य सरकारले जासुसी र देशद्रोहको आरोपमा एक युरोपेली गैरसरकारी संस्थाका आठ कर्मचारीलाई पक्राउ गरेको छ।
- गैरसरकारी संस्थाले आरोपहरूलाई अस्वीकार गर्दै आफ्ना कर्मचारीहरूको सुरक्षाका लागि सूचना सङ्कलन गरेको जनाएको छ।
- बुर्किना फासोको सैन्य सरकारले फ्रान्स लगायत पश्चिमी राष्ट्रहरूसँगको सम्बन्ध घटाउँदै लगेको छ।
बुर्किना फासो । बुर्किना फासोको सैन्य सरकारले एक युरोपेली गैरसरकारी संस्थाका आठ जना कर्मचारीलाई ‘जासुसी र देशद्रोह’ को आरोपमा पक्राउ गरेको छ।यद्यपि, नेदरल्यान्ड्समा आधारित उक्त गैरनाफामूलक संस्थाले आरोपहरूलाई ‘पूर्ण रूपमा अस्वीकार’ गरेको छ।
बुर्किना फासोका सुरक्षा मन्त्री महामादो सानाले पक्राउ परेका व्यक्तिहरू इन्टरनेसनल एनजीओ सेफ्टी अर्गनाइजेसन (आईएनएसओ) मा कार्यरत रहेको बताएका छन्। आईएनएसओ मानवीय सुरक्षामा विशेषज्ञता राख्ने समूह हो।
पक्राउ पर्नेहरूमा एक फ्रान्सेली पुरुष, एक फ्रान्सेली-सेनेगाली महिला, एक चेक पुरुष, एक माली नागरिक र चार जना बुर्किना फासोका नागरिक छन्। मन्त्री सानाका अनुसार, आईएनएसओ लाई ‘संवेदनशील डाटा अनधिकृत रूपमा सङ्कलन’ गरेको आरोपमा तीन महिनाको लागि प्रतिबन्ध लगाइएको थियो, तर यी कर्मचारीहरूले त्यसपछि पनि गोप्य रूपमा काम जारी राखेको आरोप छ।
सुरक्षा मन्त्रीले आईएनएसओका कर्मचारीहरूले ‘राष्ट्रिय सुरक्षा र बुर्किना फासोको हितमा हानिकारक हुन सक्ने संवेदनशील सुरक्षा जानकारी सङ्कलन गरी विदेशी शक्तिहरूलाई दिएको’ दाबी गरेका छन्।
आईएनएसओले एक विज्ञप्ति जारी गर्दै आफ्ना गतिविधिहरू ‘कर्मचारीहरूलाई सुरक्षित राख्ने उद्देश्यका लागि मात्र’ सूचना सङ्कलन गर्ने र ती जानकारी गोप्य नभई सार्वजनिक रूपमा थाहा हुने बताएको छ। आईएनएसओले आफ्ना सबै सहकर्मीहरूको सुरक्षित रिहाइका लागि प्रयास जारी राख्ने जनाएको छ।
सन् २०२२ को सेप्टेम्बरमा कू मार्फत सत्ता कब्जा गरेपछि बुर्किना फासोको सैन्य सरकार पश्चिमी राष्ट्रहरू, विशेष गरी पूर्व औपनिवेशिक शासक फ्रान्सबाट टाढिँदै गएको छ। छिमेकी माली र नाइजरसँग मिलेर उसले एलायन्स अफ सहेल स्टेट्स नामक नयाँ गठबन्धन पनि बनाएको छ। –अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण