यती ब्रुअरीद्वारा नेपाली क्रिकेट टोलीलाई ५१ लाख सहयोगको घोषणा
बुधबार, २२ असोज २०८२, २३ : ०५
सारांश
- यती ब्रुअरीले टी-ट्वान्टी वर्ल्ड कप क्वालिफायरमा नेपाली क्रिकेट टोलीलाई समर्थन जनाएको छ।
- नेपाल टी-ट्वान्टी वर्ल्ड कपका लागि छनोट भएमा ५१ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
- कम्पनीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ।
काठमाडौँ । नेपाली क्रिकेट टोलीले जारी टी-ट्वान्टी वर्ल्ड कप क्वालिफायरमा सहभागिता जनाइरहेको बेला यती ब्रुअरी (अर्ना) ले टोलीप्रति आफ्नो समर्थनको घोषणा गरेको छ।
कम्पनीले नेपालले टी-ट्वान्टी वर्ल्ड कपका लागि क्वालिफाइ गर्न सफल भएमा राष्ट्रिय टोलीलाई रु ५१ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
त्यससँगै, सामाजिक उत्तरदायित्व अन्तर्गत यती ब्रुअरीले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पनि अर्को रु ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो सहयोगले नेपालमा क्रिकेट पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण