मकवानपुरमा पनि बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी
सारांश
- काठमाडौं महानगरका प्रमुख बालेन शाह र सुदन गुरुङविरुद्ध मकवानपुरमा जाहेरी दर्ताको प्रयास गरिएको छ।
- अनेरास्ववियु मकवानपुरले 'जेनजी आन्दोलन'मा सहभागीलाई उक्साएको आरोप लगाउँदै जाहेरी दिएको थियो।
- जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटना काठमाडौंमा भएकाले मुद्दा दर्ता गर्न नमिल्ने जनाएको छ।
हेटौडा। काठमाडौँ महानगरका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध मकवानपुरमा पनि जाहेरी दर्ता प्रयास गरिएको छ।
एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी बुझाएको हो। संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहरालाई उक्त जाहेरी बुझाएका थिए।
जाहेरीमा बालेन शाह र सुदन गुरुङले गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी आन्दोलन’का क्रममा सहभागी विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने र मानवीय क्षति हुने गरी हत्या गराएको आरोप लगाइएको छ। अनेरास्ववियुले मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ बमोजिम ‘आपराधिक उपद्रव’ को अभियोग लगाउन माग गरेको छ।
तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त जाहेरी दर्ता गरेको छैन। एसपी बोहराका अनुसार घटनाको कार्यक्षेत्र काठमाडौँ भएकाले मकवानपुरबाट मुद्दा दर्ता गर्न नमिल्ने बताएका छन्। उनले भने, ‘काठमाडौँमा भएको घटनाको विषयमा उजुरी दिन आउनु भएकाले यहाँबाट मुद्दा दर्ता गर्न मिल्दैन।
संयोजक पौडेलले भने सरकारी वकिल कार्यालयसँग कानुनी परामर्श लिएपछि आगामी कदमबारे निर्णय गर्ने बताएका छन्। उनका अनुसार एसपी बोहराले भोलि बिहान ११ बजे छलफलका लागि बोलाएका छन्।
यसअघि मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौँमा पनि बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण