शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डेङ्गी सङ्क्रमणको जोखिम कम हुँदै

बिहीबार, २३ असोज २०८२, ०० : ३०
बिहीबार, २३ असोज २०८२

सारांश

  • अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएपछि डेङ्गीको सङ्क्रमण कम हुने भएको छ।
  • इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार, हालसम्म ५,५४२ जनामा डेङ्गी संक्रमण देखिएको छ र ३ जनाको मृत्यु भएको छ।
  • डा. दाहालका अनुसार, डोल्पा र मनाङबाहेक सबै जिल्लामा संक्रमण देखिएको छ र सरकारले डेङ्गी रोकथामका लागि अभियान चलाइरहेको छ।

काठमाडौँ । केही दिन अघिको परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेङ्गीको सङ्क्रमण कम हुने भएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ । 

“पछिल्लो वर्षाले डेङ्गी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,” उनले भने, “जाडो पनि सुरु हुन थालेको छ । त्यसैले अब डेङ्गी सङ्क्रमणको सम्भावना कम रहेको छ ।”

कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे । उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ । 

उनले डोल्पा र मनाङ जिल्लाबाहेक सबैमा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ ।  कोशी प्रदेशमा ७८५, मधेस प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा एक हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८  र सुदूरपश्चिम प्रदेशमा ६६७  जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । 

डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप