कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
बिहीबार, २३ असोज २०८२, ०६ : ४०
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।
- बैठकमा पार्टीको नियमित महाधिवेशन, निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा छलफल हुनेछ।
- पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।
पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत आजको बैठकमा छलफल हुने बताइएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण