गाजामा शान्ति योजनाको पहिलो चरणबारे के भन्छन् नेतन्याहु ?
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगको सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन्।
- उनले सम्झौता अनुमोदन गर्न र बन्धकहरूलाई फर्काउन सरकारको बैठक बोलाउने बताएका छन्।
- नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासको प्रशंसा गर्दै धन्यवाद दिएका छन्।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा शान्ति सम्झौताको पहिलो चरणमा हमास र इजरायलबिच भएको सम्झौताबारे प्रतिक्रिया दिएका छन् ।
यसलाई नेतन्याहुले इजरायलको लागि ठुलो दिन भनेका छन् । सम्झौतालाई अनुमोदन गर्न र इजरायली बन्धकहरूलाई घर फर्कन अनुमति दिन बिहीबार आफ्नो सरकारको बैठक बोलाउने पनि उनले बताए ।
‘योजनाको पहिलो चरणले मञ्जुरी पाउनेबित्तिकै हाम्रा सबै बन्धकहरूलाई आफ्नो घर ल्याइनेछ । यो कूटनीतिक सफलता हो अनि इजरायलको लागि राष्ट्रिय र नैतिक विजय पनि हो,’ माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गर्दै नेतन्याहुले लेखेका छन् ।
मित्र राष्ट्रपति ट्रम्पको अथक प्रयासका कारण आफूहरू यो महत्वपूर्ण मोडमा पुगेको पनि उनले बताए । ‘म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षा अनि हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रतिको अटल प्रतिबद्धताको लागि धन्यवाद दिन्छु ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै नेतन्याहूले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण