क्षतिग्रस्त बीपी राजमार्गको निरीक्षणमा मन्त्री घिसिङ, शनिबारसम्म सञ्चालन गर्न निर्देशन
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको बाढीले क्षति पुर्याएको स्थलगत निरीक्षण गरे।
- मन्त्री घिसिङले २ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिए, तत्कालका लागि डाइभर्सन बनाइनेछ।
- राजमार्ग अवरुद्ध हुँदा किसानले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्याउन नसकेको गुनासो गरेका थिए।
काभ्रे । ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले अविरल वर्षापछिको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थलगत निरीक्षण गरेका छन्। राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा रोशी खोलाले पुर्याएको क्षति अवलोकन गर्दै उनले राजमार्गलाई २ दिनभित्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
रोशी खोलाको किनारै किनार हिँडेर क्षतिको अवस्थाबारे जानकारी लिएका मन्त्री घिसिङले तत्काल उपलब्ध स्रोत र साधनको प्रयोग गरी काम सुरु गर्न स्थानीय पालिका तथा सडक डिभिजन कार्यालयलाई निर्देशन दिए। निरीक्षणका क्रममा स्थानीयले बाटो अवरुद्ध हुँदा किसानले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्याउन नसकेको गुनासो गरेका थिए।
_xexd1Iiix1.jpg)
‘तत्काल यातायात सञ्चालनका लागि काम भइरहेको र दीर्घकालीन समाधानका लागि रोशी खोलामा बेलिब्रिज बेली ब्रिजको अर्डर भइसकेको छ ।’ उनले भने– ‘तत्काल डाइभर्सन बनाएर गाडी चलाउने व्यवस्था मिलाउनुस्, अरू काम पनि तुरुन्तै अघि बढ्छ।’
शनिबार बिहानबाट यातायात सञ्चालन गर्ने तयारी
गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्ग पुनः सञ्चालनका लागि काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
_JR4KRogEBh.jpg)
कार्यालयका इन्जिनियर दुर्गा प्रसादले शनिबार बिहानबाट यातायात सञ्चालन गर्ने लक्ष्यका साथ सडक विभाग र निर्माण कम्पनीका उपकरण तथा जनशक्तिले रातदिन काम गरिरहेको बताए। उनका अनुसार, काभ्रे खण्डमा मात्रै १२ वटा स्काभेटर, ४ वटा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरिएको छ। काभ्रेको चौकीडाँडा, कटुञ्जेको चारसयबेसी, डालावेशी र कालढुंगा (भ्याकुरेखोला) मा डाइभर्सन निर्माण कार्य जारी छ भने रोशी गाउँपालिका–७ घुमाउनेमा डाइभर्सन बनिसकेको छ।
रोशी खोलाको बाढीले काभ्रेको दाप्चाखोलादेखि सिन्धुलीको नेपाल थोकसम्मका विभिन्न १९ स्थानमा यसअघि बनाइएका डाइभर्सन बगाएको थियो । जसले गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण