केपी ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी
सारांश
- एमाले नेता महेश बस्नेतले केपी ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिए।
- बस्नेतले गृहमन्त्रीलाई भ्रष्टाचारी छानबिनमा सहयोग गर्ने तर कुलमान र अन्यको पनि छानबिन गर्न आग्रह गरे।
- उनले युवासंघले असोज २५ गते मोटरसाइकल र्याली गर्ने बताएर शक्ति प्रदर्शनको चेतावनी दिए।
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।
‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’
उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।
‘सहयोग गर्न तयार छौ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’ उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न मात्रै गरेनन्, बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’ साथै उनले युवासंघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण