पोखरा लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन
सारांश
- होटल संघ पोखराले लेकसाइड र ड्यामसाइड क्षेत्रका लागि संयोजक तोक्यो, पर्यटनको विकास र सुरक्षाका लागि यो कदम चालिएको हो।
- संघले २८ वटा सडक र ६ वटा टोलमा संयोजक नियुक्त गरेको छ, जसले स्थानीय व्यवसायीसँग समन्वय गर्नेछन्।
- चोरीका घटना बढेपछि पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन, व्यवसायी र पर्यटकको सुरक्षाका लागि यो अभियान सुरु भएको हो।
पोखरा । पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ध्यानमा राख्दै होटल संघ पोखराले लेकसाइड र ड्यामसाइड क्षेत्रका विभिन्न सडक तथा टोलहरूका लागि संयोजक तोकेको छ।
संघले २८ वटा स्ट्रिट र ६ वटा टोललाई लक्षित गर्दै संयोजक नियुक्त गरेको हो। तीन दर्जन ती संयोजकहरूले स्थानीय व्यवसायी र टोलवासीसँग समन्वय गरी सदस्य चयन गरेर उपसमिति गठन गर्नेछन्।
ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत संयोजक तोकिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
उनका अनुसार जेनजी आन्दोलनपछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले यो पहल गरिएको हो। ‘पर्यटकीय क्षेत्रमा चोरीजस्ता घटनाहरू फाट्टफुट्ट देखिन थालेका छन्,’ सुवेदीले भने, ‘हाम्रो अभियान कसैविरुद्ध नभई व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्बन्धित छ।’
संघले सबै होटल र टोलका सीसीटीभी क्यामेरा सञ्चालनमा राख्ने, विग्रिएका उपकरण मर्मत गर्ने, सुरक्षाकर्मीको मनोबल वृद्धि गर्ने, सडक बत्ती मर्मत गर्ने र खाल्डाखुल्डी सडक मर्मत गर्न समितिहरूले पहल गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण