सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

टीभीकेका प्रमुख विजयको घरमा बम राखिएको धम्की

बिहीबार, २३ असोज २०८२, १४ : ३४
बिहीबार, २३ असोज २०८२

सारांश

  • तमिल अभिनेता विजयको घरमा बम राखेको धम्की आएपछि प्रहरीले खोजी गर्दा केही फेला परेन।
  • यसअघि अभिनेता एसभी शेखरको घरमा पनि बमको धम्की आएको थियो, र दुवै इमेल समान प्रकृतिका थिए।
  • प्रहरीले इमेल पठाउने व्यक्तिको पहिचान गर्न नसकेको जनाएको छ, र केही दिन अघि विजयको र्‍यालीमा भागदौड भएको थियो।

नयाँदिल्ली । दक्षिण भारतीय अभिनेताबाट राजनीतिज्ञ बनेका तमिल वेट्री कडगम (टीभीके)का प्रमुख विजयको घरमा बम राखिएको धम्की प्राप्त भएको छ । बमको धम्की पाएपछि प्रहरी र बम नियन्त्रक टोली नीलांकरायमा रहेको विजयको निवासमा पुगे ।

विजयको निवासबाहिर र भित्र बमको व्यापक खोजी भयो । यस क्रममा कुनै पनि विस्फोटक पदार्थ भने फेला परेन । बिहीबार विजयलाई नीलांकरायमा रहेको उनको निवासमा बम राखिएको इमेल आएको थियो । तर यो धम्की झुटो साबित भयो ।

फोन आएपछि बम डिस्पोजल स्क्वाडलाई बिहान सबेरै घटनास्थलमा पठाइएको थियो । अनुसन्धानका क्रममा केही नभेटिएको प्रहरीले बताएको छ । सेलिब्रेटीहरूलाई हटमेल ठेगानाबाट बमको धम्कीयुक्त इमेलहरू आइरहेको प्रहरीले बताएको छ ।

अर्का अभिनेता एवम् राजनीतिज्ञ एसभी शेखरको घरमा पनि बम राखिएको धम्की आएको थियो । यी इमेलहरूको विषय–वस्तु समान भएको बताइएको छ । इमेल पठाउने आइडी पत्ता लगाउन नसकेको प्रहरीले बताएको छ । केही दिनअघि विजयको एउटा र्यालीमा भागदौड हुँदा झन्डै ४० जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप